लन्डन,एजेन्सी वेलायतको राजधानी लन्ड स्थित डाउनिंग स्ट्रिटले मंगलवार अमेरिकाका लागि वेलायतका राजदुत सर किम डार्रोच प्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले आइन्दा डार्रोचसंग काम गर्न नचाहेको बताएपछि डाउनिंग स्ट्रिटले यो औपचारिक प्रतिक्रिया दिएको हो ।ट्रम्पले चुहिएको इमेलमा सर किम डार्रोकले आफ्नो सरकालाई अक्षम भएको उल्लेख गरेको पाइएपछि उनीसंग सहकार्य नगर्ने बताएका थिए । टिवटर मार्फत ट्रम्पले वेलायतका प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट नीतीको आलोचना गर्दै उनले अन्यौलता सिर्जना गरेको पनि बताएका छन् ।
डाउनिंग स्ट्रिटले वेलायत र अमेरिकाबिचको सम्बन्ध अझै राम्रै रहेको तथा इमेल लिक हुनु दुर्भाग्यको कुरो भएको बताएको छ । तर विविसिको न्युयोर्क स्थित पत्रकार निक ब्रायान्टले सर किमले मंगलवार राति संयुक्त अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फोक्संगै राष्ट्रपति ट्रम्पकी पुत्री इभान्का ट्रम्प उपस्थित बैठकमा सहभागि हुन लागेको बताएका छन् । डाउनिंग स्ट्रिटका प्रवक्ताले बताएका छन् , ‘ हामीले अमेरिका समक्ष इमेल चुहावट भएकोमा स्पष्टिकरण दिइसकेका छौं । तर यस घटनाले दुई देशबिचको सम्बन्धको सुमधुरतालाई कुनै आँच पु¥याएको छैन । राजदुतहरुले सम्बन्धित राष्ट्रको राजनीतिक कार्यमा इमानदारिता निभाउनु पर्दछ । प्रधानमन्त्री टेरेजा मेले भने सर किमको साथ दिएकी छिन् । ’