इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर चलाए

प्रकाशित मिति:

इटहरी-इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् ।वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि आज आफैँ उपस्थित भएर पर्खाल भत्काउन लगाउन लगाएका हुन् ।

पत्रकारको नाकको डाडी भाँच्न बजेट छुट्याएको भनेर चर्चामा आएका मेयर चौधरीले यस अघि सार्वजनिक जग्गा मिचेर बनाएका संरचना भत्काउने अभियान चलाएपछि उनकै घर सडकमा परेको भन्दैं आलोचना भएको थियो ।पर्खाल सडकमा परेकाले आफ्नै घरबाट सुशासन सुरु गरेको उनले बताए । सडक अतिक्रमण गरेर बनाइएका अन्य संरचना हटाएर शहरलाई व्यवस्थित गर्न सहयोगका लागि नगरवासीलाई आग्रह गरेका छन् ।प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए ।