भोजपुरमा विप्लप समुह र प्रहरीबीच दोहोरो भिडन्त

प्रकाशित मिति:

भोजपुर-भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

उक्त झडपमा दुवै तर्फ एक एक जनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाएको छ ।गोली लागेर प्रहरी जवान सन्जिव राइको मृत्यु भएको छ । अरू प्रहरी पनि घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको भोजपुर प्रहरीले जनाएको छ ।