आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै गुहार माग्न प्रहरीकहाँ पुगिन शिल्पा पोखरेल

२५ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
172 Shares


काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले सुरक्षा पाऊँ भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उजुरीबारे बुझ्ने क्रम जारी रहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा बिहे गरेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समय नै बिबाह गर्ने बोलेका पनि थिए ।शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…