खोलाले बगाउँदा दुई बालकको मृत्यु

२५ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
74 Shares


बर्दिया – पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।

बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए । घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस