यी हुन् वर्षाको बेला सुरक्षीत सवारी चलाउने तरिका

प्रकाशित मिति:

काठमाडौँ –वर्षाको समयमा सवारी दुर्घटना अन्य समयभन्दा बढि हुने गर्दछ । पानीले सडक भिजेको कारण सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना हुन्छ ।ट्राफिक प्रहरीले वर्षाको बेला सुरक्षीत सवारी चलाउन यस्ता उपाय सुझाएको छ ।

१। सवारीसाधन चलाउनुअघि वाइपर हेडलाइट जाँच गर्नुहोस्ः भिजिलिटी कम भएको खण्डमा हेडलाइटको प्रयोग गर्नुपर्छ ।

२। सवारीसाधानको गति कम गर्नुहोस्ः पानी भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारीसाधन अनियन्त्रित हुन सक्छ।

३। ब्रेकिङ डिस्टेन्स बढाउनुहोस्ः सामुन्नेको सवारीसाधन र आफ्नो सवारीसाधनबीचको दूरी सामान्यभन्दा बढी राख्नुपर्छ।

४। सडकबाट ध्यान मोडिने कार्य नगर्नुहोस्ः सवारीसाधन चलाउँदा मोबाइल फोन वा ट्याबलेटको प्रयोग नगर्नुहोस्।

जानकारी स्रोत:महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं