प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न – कति सपना मारेर देश बनाउने सपना छ ?

२५ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
50 Shares

File Image

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मृत्युको समाचार बाँडिरहेको टिप्पणी गरेका छन् । बुधबार बिहान भोजपुर सदरमुकाममा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीचको भीडन्तमा परी दुई जनाको मृत्यु भएपछि प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

‘‘हामी जीवनको खबर खोज्दैछौं @pm_nepal तपाईं र विप्लव मृत्युको समाचार बाँडिरहनु भएको छ । सञ्जिव र निरकुमार दुवै राई भाइ करोडपति आमाबाबुका छोरा थिएनन् । एक प्रहरी, अर्का विद्रोही युवा, आज यीसँगै यिनको परिवारको सपना मारिएको छ । कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुईसँग ?,’’ उनले ट्विटरमा लेखेका छन् । बुधबार बिहान भोजपुर सदरमुकाममा प्रहरी र विप्लव समूहबीच गोली हानाहान हुँदा एक प्रहरी जवान सञ्जिव राई र विप्लव समूहका ओखलढुङ्गा जिल्ला इञ्जार्ज निरकुमार राईको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया