सुरुङ विस्फोट हुँदा ७ बालबालिकाको मृत्यु

प्रकाशित मिति:

दमास्कस – सिरियामा बारुदी सुरुङ विस्फोट हुँदा कम्तीमा ७ बालबालिका मारिएका छन् । पूर्वी सिरियाको डिएर एजजोर प्रान्तस्थित दब्लान गाउँमा उक्त घटना भएको हो । आतंकवादी संगठन इस्लामिक स्टेटले बेवारिसे अवस्थामा छाडेको बारुदी सुरुङ विस्फोट भएको सिरियाको सरकारी टेलिभिजनले जनाएको छ ।

आतंकवादी संगठन इस्लामिक स्टेट परास्त भएका सिरियाका धेरै क्षेत्रमा बेबारिसे बारुदी सुरुङ, ग्रिनेड र अन्य घरेलु बम भेटिने गरेका छन् । यस्ता विस्फोटक पदार्थमा परी नियमितजस्तै सर्वसाधारणको ज्यान जाने गरेको छ । गत अप्रिल ११ मा दक्षिणी सिरियामा जमिनमा बिछ्याइएको बारुदी सुरुङ पड्किएर तीन बालबालिकाको ज्यान गएको थियो ।