प्रदेश प्रहरी अब डिआईजीको कमाण्डमा, सरुवा–बढुवा संघको हातमा

प्रकाशित मिति:

काठमाडौं – नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) लाई प्रदेश प्रहरीको प्रमुख हुने भएका छन् । राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेको प्रस्तावमा सहमति जुटेको हो ।

समतिपछि डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डमा खटाउँदा पदको नाम के राख्ने भन्ने टुंगो लागी नसकेको बताइएको छ। केहीले प्रदेश प्रहरी आयुक्त (पुसिल कमिसनर) भन्नुपर्ने प्रस्ताव राखेका छन् भने कतिपयले प्रदेश प्रहरी प्रमुख मात्र राख्ने प्रस्ताव गरेका छन् ।

तर, यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए । सात प्रदेशमा सात डीआईजीसहित ५५ हरजा प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले प्रदेश प्रहरीकै पोशाक र दज्र्यानी चिन्ह लगाउनेछन् । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ ।