को हुन् भोजपुरमा मारिने सञ्जीव र नीरकुमार ?

२५ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
251 Shares


भोजपुर – भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । बुधवार विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज नीरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

को हुन् मारिएका सञ्जीव र नीरकुमार ? मारिने मध्येका एक सञ्जीव नेपाल प्रहरीका ‘घुमुवा’ थिए भने नीरकुमार विप्लव माओवादीका ओखलढुंगा इन्चार्ज थिए । खोटाङ स्थायी घर भएका सञ्जीवको दरबन्दी इलाका प्रहरी कार्यालय लेटाङ, मोरङमा छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही अगाडि जिल्ला प्रहरी कार्यालय भोजपुरमा सरुवा भएका सञ्जीव सबैका प्रिय पात्र थिए । उनी भोजपुर सरुवा भएयता ३ जना प्रहरी प्रमुख (डिएसपी) परिवर्तन भइसकेका छन् । तर, सबै डिएसपी उनको कामप्रति खुसी हुन्थे ।

केही वर्ष अगाडि विवाह गरेका सञ्जीवकी एक छोरी पनि छन् । गत वैशाखसम्म उनकी श्रीमती पनि भोजपुरमै बस्थिन् । तर, छोरीको पढाइका लागि भन्दै उनले श्रीमतीलाई धरान पठाएका थिए । उनले संघीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुदन किराँतीको सुरक्षागार्डको रुपमा समेत काम गरेका थिए ।

को हुन् नीरकुमार ? विप्लव समूहको ओलढुङ्गा इञ्चार्ज रहेका नीरकुमार भोजपुरकै षडानन्द नगरपालिका–१३ का स्थायी बासिन्दा हुन् । ‘पार्टी’ले ओलढुंगा इञ्चार्जको जिम्मेवारी तोकेपनि उनी बढीजसो भोजपुर आउजाउ गरिरहन्थे । गत जेठ ७ गते भोजपुरकै टेम्केमैयुङ्ग गाउँपालिका–२ मा प्रहरीसँगको ‘मुठभेड’मा तीर्थराज घिमिरे मारिएपछि भने नीरकुमार ‘भूमिगत’ भएका थिए ।

१० वर्षे सशस्त्र द्वन्द्वका बेला नीरकुमार माओवादीको भाइस कमान्डर थिए । शान्तिप्रकृयामा आएर एकीकृत नेकपा माओवादी बनेपछि उनी किराँत राज्य समिति सदस्य बनेका थिए । एमाओवादीबाट वैद्यसमूह अलगिएपछि उनी त्यसतर्फ लागेका थिए । वैद्यबाट विप्लवहरु अलगिदा उनले विप्लवलाई साथ दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…