भीरकोटका सफल व्यवसायीक कृषकहरुलाई अनुदान प्रदान

प्रकाशित मिति:

एशिव शरण महत ,२५ असार,भीरकोट आर्थिक वर्षको अन्त हुन लागे संगै भीरकोट नगरपालिका नगरकार्यपालिकाले नगर भित्रका सफल व्यवसायी कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको छ ।  भीरकोट नगर भित्र विभिन्न व्यवसायीहरु आफ्नो व्यवसाय गरेर सजिलै संग जिवन यापन गर्दै आएका छन् । भिरकोटमा कृषी अन्र्तगत वाख्रा पालन,गाई भैसीपालन , अन्नवाली ,तरकारी, फलफूल आदी उत्पादन हुदै आएको छ ।  अनुदान वितरण कार्यक्रममा वाल्दै नगर प्रमुख छायाराम खनालले भीरकोटमा पशुपालन तर्फ दुग्द्य र मासुजन्य पशु पालन गर्ने,कृर्षी तर्फ मौषम अनुसारको खेती र भेग अनुसारको अन्नवाली उत्पादन गर्ने,माछापालन गर्ने, फलफूल तर्फ क्षेत्र र जमिन अनुसार फलफूल उत्पादन गर्ने र नर्सरी खेती लाई प्रथामिकता दिई उत्पादनमा आत्मनिर्भर नगर वनाउने भन्दै सफल व्यवसायी कृषहरुलाई प्रोत्साहन हेतु अनुदान प्रदान गरीएको खनालले वताए । जव सम्म कृषकको सम्मान र उचित पारीश्रमीक व्यवस्था हुदैन तव सम्म कृर्षीमा क्रान्ती हुन नसक्ने भन्दै श्रमिकको खोजी गरी आगामी भदौमा नगरपालिकाले कदर पत्र सहित श्रमीकहरुलाई सम्मान गर्ने नगर प्रमुख खनालले वताए ।
कृर्षीमा आधुनीकता र आधुनीक औजारको प्रयोग गरी कृर्षी गरीयो भने अवको केही समय पछी भीरकोटले कृर्षी क्षेत्रमा फड्को मारी आत्मनिर्भर भैई छिमेकी पालिकाहरुमा निर्यात गर्ने अवस्था आउने नगर उप प्रमुख सिमा केसी कर्मार्चाले वताईन ।  वाख्रा फर्म सुधार कार्यक्रम अन्र्तगत भीरकोटका १४ जना सफल व्यवसायी कृषकहरुले दश हजारका दरले रु १ लाख ४० हजार प्राप्त गरेका छन् , त्यसैगरी ५ वटा सफल व्यवसायी वाख्रा फर्मलाई प्रजन्न योग्य ५ वटा वोका अनुदान मार्फत वितरण गरीएको छ । दुग्द्य गाई भैसी पालक फर्मलाई धुवानी अन्र्तगत ९ जनालाई रु २० हजारको दरले १ लाख ८० हजार प्रदान गरीएको छ ।

१५ वटा सफल व्यवसायी गाई भैसी फर्मलाई फर्म सुधार कार्यक्रम अन्र्तगत रु २० हजार का दरले १५ जना कृषकलाई रु ३ लाख प्रदान गरीएको छ । भकारो सुधार कार्यक्रम अन्र्तगत २० जना सफल व्यवसायी कृषकलाई रु २५ सयका दरले रु ५० हजार प्रदान गरीएको छ । ७ वटा सफल व्यवसायी भेडा फर्मलाई ७ वटा भेडाको थेमा वितरण गरीएको छ । लोकल कुखुरा संरक्षण कार्यक्रम अन्र्तगत १५ जना कृषकलाई ५ हजारका दरले खोर निर्माणका लागी रु ७५ हजार र १५ जना सफल कृषकलाई १५ वटा कुखुराको भाले प्रदान गरीएको छ ।  त्यसैगरी नर्सरी सहयोग कार्यक्रम अन्र्तगत सफल नर्सरी व्यवसायी कृष्ण वहादुर अधिकारी लाई रु २० हजार अनुदान प्रदान गरीएको छ भने किसानहरुका लागी नगरपालिकाले ३ वटा यूरीया मोलालेस मिनरल मेशीन खरीद गरी कृषक समूह लाई शतप्रतिशत अनुदानमा केही दिनमा वितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गानाले वताए ।

सफल व्यवसायी कृषकहरुलाई अनुदान वितरण कार्यक्रममा वडा न २ का वडा अध्यक्ष कमल त्रिपाठी, पूर्व जनप्रतिनिधि गोवीन्द कुमार कर्माचार्य, प्रुडेन्सियल इन्स्वरेन्स कम्पनीका स्याङ्जा शाखा प्रमुख इश्वर पराजुली लगायतले कृषकलाई नगरले सम्मान गरेकोमा उच्च मूल्याङ्कन गर्दै अनुदान वाट प्राप्त रकम सही काममा सदुपयोग गरी थप व्यवसायलाई फ्रष्टाउन आग्रह गरेका थिए ।  नगरपालिकाका कृर्षी समंयोजक एव नगर प्रवक्ता दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पशु शाखा प्रमुख शुसील अर्यालले र संचालन स्वास्थ्य शाखाका सह संयोजक श्रीराम अर्यालले गर्नु भएको थियो ।