सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनामा अमेरिकी अनुसन्धान

२६ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
63 Shares


काठमाडौं-सामाजिक सञ्जालमा कर लगाउने फ्रान्सेली योजनाको अमेरिकाले अनुसन्धान गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेट तथा प्रविधि कम्पनीहरूमाथि कर लगाउने फ्रान्सेली योजनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।ट्रमको यो निर्देशन पछि फ्रान्सको संसद्‌ले नयाँ करसम्बन्धी विधेयक अनुमोदन गर्ने अपेक्षा गरिएको छ। उनका व्यापारिक प्रतिनिधिले अमेरिकी कम्पनीहरूविरुद्ध अन्यायपूर्ण रूपमा लक्षित डिजिटल सेवाको करलाई निक्कै चासोका साथ हेरिएको बताएका छन् ।

फ्रान्सले गरेको नयाँ कर सम्बन्धि निर्णय कार्यान्वयन भएका गुगल र फेसबुकजस्ता कम्पनीले फ्रान्सभित्र गर्ने मुनाफामा ३ प्रतिशत कर तिर्नुपर्छ । जसबाट एक वर्षमा मात्र फ्रान्सले करिब ४० करोड युरो सङ्कलन गर्नेछ ।अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले जारी गरेको एक राष्ट्रपति ट्रम्पले विधेयकबारे अनुसन्धान गर्न र यो नियम विभेदकारी वा अन्यायपूर्ण छ भने त्यसलाई हेर्न आदेश दिएको उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…