जोशीको मुद्धाको पेशी एक महिना पछाडि धकेलियो , को- कोले वहस गर्देछन् त जोशीको मुद्धा
दमौली २६ असार । काग्रेसद्धारा कार्वाहीका लागि सिफारिस गरिएका काग्रेसका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीको भष्ट्रचार सम्बन्धी मुद्धाको पेशी एक महिना पछाडि धकेलिएको छ। यस अगाडि जोशीको मुद्धा हेर्न नमिल्ने, कागज मगाउने निर्णय झिकाउने र स्थगित लगायतका कारण देखाउँदै ४५ पटक पेसी सारिएको थियो। सर्वोच्च अदालतमा बिचाराधीन अवस्थामा रहेको मुद्धाको बिहिबार फैसला हुने अनुमान गरिएको थियो ।जोशी सहित ६ जना विरुद्ध नेपाल सरकार प्रतिबादी बनेर २०७० साउन २७ गते सर्वोच्च अदालतमा मुद्धा दायर ग
रिएको थियो।
. को-को ले वहस गर्देछन् त जोशीको मुद्धा ? यता जोशीको भष्ट्रचार सम्बन्धी मुद्धाको विभिन्न चर्चा परिचर्चा भईरहँदा जोशीको पक्षबाट वहस गर्ने वकिलहरुको विषयमा समेत धेरैले चासो लिईरहेका छन् । सर्वोच्च अदालतको वेभसाइटमा उल्लेख भएअनुसार जोशीको तर्फबाट कानुन व्यवसायीहरु यदुनाथ खनाल ,कुमार रेग्मी , रमनकुमार श्रेष्ठ ,गोपालकृष्ण घिमिरे र हरिहर दाहालले वकालत गरेका छन् ।त्यस्तै जोशीको पक्षबाट अन्य कानुन व्यवसायीहरु विश्वास आचार्य , कृष्ण सापकोटा, सविता भण्डारी बराल , माधवकुमार बस्नेत र राधेश्याम अधिकारीले वहस गरेका छन् ।