कर वृद्धिको विरोधमा तिलोत्तमाका नगर प्रमुखलाई ज्ञापन पत्र

प्रकाशित मिति:

तिलोत्तमा उद्योग वाणिज्य संघले नगरपालिकाले व्यवसायीक कर र सम्पत्ति कर बढाएको बिरोधमा आज शुक्रवार ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष गुणनिधि भण्डारीले व्यवसायीक कर र सम्पत्ति कर सम्वन्धि १३ बुदे माग राख्दै नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाउनु भएको हो ।संघले नगरपालिकाले ३ हजार ५ सय प्रतिशत सम्म कर बृद्धि गरेको भन्दै त्यसलाई तत्काल हटाई अहिलेको करमा बढीमा १० प्रतिशत मात्र बढाउन माग गरेको छ ।अध्यक्ष भण्डारीले ज्ञापन पत्र बुझाउदै कर बढाउदा सहमति र आवश्यक बिधि र प्रक्रिया समेत पुरा नगरीएको आरोप लगाउनु भयो । उहाले राजश्व परामर्श समिति र अन्य छलफलमा अत्यधिक कर नवढाउन र व्यवहारीक र बैज्ञानिक पद्धतिमा कर लगाउन आफुले पटक पटक कुरा उठाउदा पनि नगरपालिकाले बेवास्ता गरेको बताउदै तत्काल अत्यधिक बढेको कर फिर्ता नलिइए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

ज्ञापन पत्र बुझदै नगर प्रमुख घिमिरेले राजश्व परामर्श समिति सहित बिभिन्न समितिमा व्यापक छलफल पश्चात करको नया दर निर्धारण गरीएको दाबी गर्दै गरीव असहायबाट कर लिने नीति नगरपालिकाले नलिएको तर कर तिर्न सक्नेले मुनासीव तिनृु पर्छ भन्ने मान्यता रहेको बताउनु भयो । उहाले ज्ञापन पत्र आई सकेकाले करका सम्वन्धमा थप अध्ययन गरी कुनै कर बढी नै भए नगरकार्यपालिकामा र आवश्यक परे नगरपरिषदमा समेत छलफल गरी सच्याउन सकिने आश्वासन दिनुभयो ।सोही अवसरमा संघका सल्लाहकार तथा उद्योगि चन्द्रमा श्रेष्ठले भर्खरै नगरपालिका भई उद्योग व्यवसायको स्थापनाको माहोल बन्न लागेको अवस्थामा लगाइएको अत्यधिक करले त्यस्ता उद्योग व्यवसाय फष्टाउन नसक्ने बताउनु भयो ।