कान्ती माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण

प्रकाशित मिति:

बुटवल – बुटवल ४ हाटबजार अवस्थित कान्ति माध्यमिक विद्यालयले कक्षा ११ मा अध्यापन गर्न आउने विद्यार्थीहरुलाई एक समारोहकाबीच अभिमुखीकरण आयोजना गरिएको थियो । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विभिन्न जिल्ला तथा विद्यालयबाट कान्ति माध्यमिक विद्यालयलाई अध्ययनको लागि छनोट गरेकोमा आगन्तुक विद्यार्थीहरुप्रति आभार प्रकट गर्नु भएको थियो ।

सङ्गत गुनाको बुद्धी, बीउ गुनाको फल” भनेझै असल सङ्गत र मेहनतबाट उत्कृष्ट बन्न सकिने बतउनु भएको भयो । विद्यालय आत्म अनुशासित बन्ने ठाउँ भएको हुँदा अनुशासित, लगनशील र राष्ट्रले खोजेको असल नागरिक बन्न अनुरोध गर्नु भएको थियो । सबैको सहयोग प्रयास र प्रतिस्पर्धाबाट अब्बल बन्न सकिने धारणा राख्नु भएको थियो । मन्तव्यकै क्रममा विद्यालयको संक्षिप्त इतिहास जानकारी दिंदै विद्यालयले प्राप्त गरेका उपलब्धी, चुनौति र सम्भावनाका बारेमा प्रकाश पार्नु भएको थियो । विद्यार्थीले विद्यालयमा पालना गर्नुपर्ने आचार संहिताको बारेमा जानकारी दिदै आत्मविश्वास, इच्छाशक्ति, सक्रिय सहभागिता र क्रियाशिलताबाट अगाडि बढ्न सकिनेमा जोड दिनु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि हेमानन्द शर्माले प्रत्येक विद्यार्थीहरुको क्षमता फरक फरक हुने हुँदा विद्यालयमा फरक समूहको अध्यापन हुँदै आएको र सबै विषयको बराबर महत्व रहेको धारणा राख्नु भएको थियो ।  अध्ययनरत विद्यार्थीहरुलाई सधै अब्बल रहने प्रयत्न गर्नुपर्छ नियमित अनुशासित आजको काम आजै गर्ने बानी बसाल्न सकेमा कहिल्यै पछाडि नपरिने धारणा राख्नु भएको थियो ।

उहाँले विद्यालयको भौतिक पूर्वाधारको विकासमा विद्यालय परिवार क्रियशिल रहेको र श्रोत निकट भविष्यमा नयाँ भवनको निर्माण गरिने , भौतिक पूर्वाधारमा विकास गरिने, ल्याव तथा अन्य सेत साधन जुटाउन निरन्तर लागिने कुरा बताउनु भएको थियो ।  कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का वार्ड सदस्य सुरेन्द्र श्रेष्ठ, सह प्राचार्य चुरामणी पौडेल, इन्चार्ज यज्ञलाल सुवेदी, शिक्षक लिलाधर पाण्डे र लेखनाथ पाण्डे लगायतले स्वागत, गजल तथा मन्तव्य व्यक्त गर्नु भएको थियो ।  सम्पूर्ण विद्यालयका गतिविधिहरुलाई समेटेर तयार पारिएको श्रव्यदृश्य सामाग्री पनि प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा विद्यालयमा अध्यापन गराउने सम्पूर्ण शिक्षकहरुलाई नव आगन्तुक विद्यार्थीबीच परिचित गराइएको थियो ।  विद्यालयका गतिविधि र विद्यालयले चालेका कदमहरुको बारेमा जानकारी गराउँदै विद्यार्थीको उन्नती र प्रगतिमा रमाउने भनेकै शिक्षक हो भन्ने धारणा सहित कार्यक्रमको संचालन कक्षा ११÷१२ विज्ञान समूह इन्चार्ज मोहन भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयमा भर्ना भएका करीब ४०० विद्यार्थी हरु र शिक्षक तथा अभिभावक विद्यालय व्यवस्थापन समिति सदस्य, सल्लाहकार, शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको उपस्थिति थियो ।