एम्बुस आक्रमणमा परी सात आतङ्ककारीको मृत्यु

२६ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
109 Shares


लासकारगाह । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन् । तालिबान समर्थक ती लडाकूहरु सात मारिनुका साथै अन्य आठ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल सलाम अफगानले बिहीबार बताउनु भएको छ । सुरक्षाबलले एबुम्स थापेर उक्त कारबाही गरेका प्राप्त समाचारमा जनाइएको छ । हेलमाण्ड प्रान्तको पुल सेयाह क्षेत्रमा बुधबार अबेर राति सुरक्षा जाँचचौकी आक्रमण गर्न हिडेका ती तालिबान लडाकू समूहलाई सुरक्षाबलले एम्बुस आक्रमण गरेका बताइएको छ ।सुरक्षाबल र तालिबान लडाकू समूहबीच भएको दोहोरो गोली हानाहानमा सुरक्षाबलतर्फ कुनै क्षति नभएको जनाइएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • पश्चिम नवलपरासीमा ११ जनाको आरडिटि रिपोर्ट पोजेटिभ
  • चुनौतीलाइ चाङ पन्छाउदै अघि बढ्दै सियारीका प्रेम पन्थि : कृषी…
  • रुकुम हत्याकाण्डका दोषीलाई कारवाही नहुदा सम्म खवदारी जारी रहन्छ :…
  • संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
  • अमेरिकाका दर्जनौं शहरहरूमा हिंसा भड्किएसँगै सैन्य प्रहरी तैनाथ
  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…