महासंघको आन्दोलन फिर्ता होइन स्थगित मात्र भएको होः पोखरेल

२६ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
37 Shares


यमलाल भुसाल, बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोखरेलले महासंघको जारी आन्दोलन फिर्ता होइन स्थगित मात्र भएको बताउनु भयो । उहाँले सञ्चार सम्वन्धी बिभिन्न बिधेयकको बिरोधमा शुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलम आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमुखीकरण तालिमको विहिवार सहजीकरण गदै उपाध्यक्ष पोखरेलले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी बिधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका विषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो आन्दोलन फिर्ता गरिएको होइन तेश्रो चरणका सडक आन्दोलन स्थगित गरिएको हो प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दवाव लगायतका कार्यक्रम जारी रहन्छन । संघियतालाई सफल वनाउन मिडियाको महत्वपूर्ण भूमिका हुने बताउदै उपाध्यक्ष पोखरेलले मुलुक सघिय संरचनामा गएसंगै मोफसलका पत्रकारहरुको जिम्मेवारी थप बढेको धारणा राख्नु भयो । नेपाल प्रेस युनियनका सल्लाहकार हरि लम्सालले मुलुक संघीयतामा गएपछी पत्रकारहरुको भूमिका पनि बदलिएकाले पत्रकारहरुले सक्रिय भई श्रृजनसील तवरबाट पत्रकारिता गर्नुपर्ने बताउनु भयो । युनियनका सभापति रेखा भुसालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…