डीएसपी भन्दै ठगी गर्ने एक जना काठमाडौवाट पक्राउ

प्रकाशित मिति:

काठमाडौं । आफूलाई नेपाल प्रहरीको डीएसपी बताउदै ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेसी नगरपालिका २ घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेल रहेका छन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नागार्जुन नगरपालिका ७ सितापाईलाबाट बुधबार पक्राउ गरेको हो। लुईटेलले काठमाडौं चन्द्रागिरी बस्ने व्यक्तिलाई आफू नेपाल प्रहरीको सिआइबिमा कार्यरत डिएसपि हुँ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले आफ्नो सेक्युरिटी कम्पनी रहेको र सो कम्पनीमा ५ प्रतिशत सेयर हाल्न नगद १ लाख ६० हजार रुपैयाँ पर्छ भनि पटकपटक भेट तथा फोन गरी नगद १० हजार रुपैयाँ लिएका थिए ।

लुईटेलले अन्य रकम माग गर्दै गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट रेडियो सेट १ थान, सो को चार्जर १ थान र नगद १० हजार रुपैयाँ बरामद गरेको छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।