जिवनलाई दिर्घायु कसरी वनाउन सकीन्छ ?

प्रकाशित मिति:

एजेन्सी-  दीर्घायु जीवन जिउने कसलाई रहर हुँदैन र रु हरेक मानिस लामो जीवन जिउन चाहन्छन् । स्वस्थ रहेर सय वर्षभन्दा बढी बाच्ने व्यक्तिको लागि त्यो भन्दा महत्वपूर्ण अरु के उपलब्धी हुन्छ होला र रु तर अहिलेको समयलाई हेर्ने हो भने ५० वर्षपछि देखिनै मानिसहरुमा विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न थाल्छन् । ब्लड प्रेसर, हृदयघात, मधुमेहलगायतका रोगबाट पीडित मानिसको संख्या अत्यधिक देखिन्छ । यसका साथै क्यान्सर जस्तो गम्भीर प्रकृतिको रोगसँग लड्ने मानिसको संख्यामा पनि बढोत्तरी भइरहेको देखिन्छ । त्यसैले स्वस्थ र लामो जीवन जिउने सम्बन्धमा स्वास्थ्य विज्ञहरुले गरेको खोजले केही नयाँ तथ्यहरु पत्ता लागेको छ । आउनुहोस् जानी राखौँ ।

स्वास्थ्य विज्ञहरुले विश्वभरमा ‘ब्लू जोन’ को विश्लेषण गरेका छन् । जसमा स्वस्थ जीवनशैली तथा आफ्नो जीवनलाई सकारात्मक विचारका साथ जीवन जिउने मानिसको उमेर लामो हुने तथ्य प्राप्त भएको छ । रिपोर्टहरुका अनुसार ‘ब्लू जोन’को विश्लेषण गर्नका लागि एक टीम निर्धारण गरिएको थियो, जसमा डाक्टर, मानशास्त्री, पोषणविदहरुसमेत थिए ।ब्लू जोन’ एक मानवविज्ञान धारण हो । जसले दुनियामा धेरै सयम बाँच्ने मानिसको जीवनशैली तथा वातावरण बारे देखाउँछ । अध्ययनले के देखाएको छ भने दैनिक व्यायाम गर्ने व्यक्तिको शरीर चुस्त–दुरुस्त हुनेछ । व्यस्त जीवनशैलीमा पनि आफ्ना लागि समय निकाल्ने गर्नुहोस् । यसले पनि तपाईंको जीवन लामो बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने छ । साथै तपाईंमा तनाव कम गराउँछ । यसैगरी साथीहरुसँगको भेटघाट पार्टी, किनमेल वा परिवारसँग समय बिताउँदा सँधै रक्सीको सेवनबाट टाँढा रहनुहोस् । मानिसलाई खुशी र लामो जीवन जिउन संगीतले पनि मानिसमा धेरै सकारात्मक असर गर्छ । त्यसकारण संगीत सुन्ने बानी गर्नुहोस् ।