गीतामा लुकेको छ हरेक प्रश्नको जवाफ

२६ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
9K Shares


गीता त्यो सर्वोत्तम ग्रन्थ हो, जसले जीवन दर्शनको गहन अर्थ दिन्छ । कतिले भन्ने गर्छन्, ‘श्रीमदभगवतगीता नपढी जीवन र जगतलाई बुझिदैन ।’ यो पौराणिक ग्रन्थमा जीवनको सार छ । यसको रचना महर्षि वेदव्यासले गरेका थिए । खासगरी महाभारत युद्धमा अर्जुन र उनका सारथी श्रीकृष्णबीच भएको संवादमा आधारित छ गीता । गीतामा ज्ञानयोग, कर्म योग, भक्ति योग, राजयोग, एकेश्वरवाद आदि कुराको चर्चा गरिएको छ । यसमा १८ अध्याय छ, जसले हाम्रो जीवनसँग जोडिएको हरेक प्रश्नको जवाफ दिन्छ ।पहिलो अध्याय गीताको पहिलो अध्याय अर्जुन(विषाद योग छ । यसमा ४६ श्लोकद्वारा अर्जुनको मनस्थितीको वर्णन गरिएको छ । यसमा भनिएको छ कि कसरी अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछन् र उनलाई भगवान कृष्णले कसरी सम्झाउँछ । दोस्रो अध्याय गीताको दोस्रो अध्याय ‘सांख्या योग’मा कुल ७२ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, बृद्धि योग र आत्मको ज्ञान दिन्छ । यो अध्याय वास्तवमा पुरा गीताको सारांश हो । यसलाई एकदमै महत्वपूर्ण भाग मानिन्छ ।

तेस्रो अध्याय गीताको तेस्रो अध्याय कर्मयोग हो, यसमा ४३ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई सम्झाउँछ कि, परिणामको चिन्ता नगरी हामीले आफ्नो कर्म गर्नुपर्छ । चौंथो अध्याय ज्ञान कर्म सन्यास योग गीताको चौथो अध्याय हो, जसमा ४२ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्याधिक महत्व रहेको बताउँछ । पाँचौ अध्याय कर्म सन्यास योग गीताको पाँचौ अध्याय हो, जसमा २९ श्लोक छ । यसमा अर्जुनले श्रीकृष्णसँग सोध्छ कि, कर्मयोग र ज्ञानयोग दुईमध्ये कुन चाहि उनको लागि उत्तम छ । तब कृष्णजीले भन्छन्, दुबैको लक्ष्य एकै हो । तर, कर्म योग अभिनयका लागि उत्कृष्ट हुन्छ । छैठौं अध्याय आत्मसंयम योग गीताको छैठौं अध्याय हो, जसमा ४७ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगको बारेमा बताएको छ । उनले बताएका छन् कि कुन प्रकार मनको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ ।

सातौं अध्याय ज्ञानविज्ञान योग गीताको सातौ अध्याय हो, जसमा ३० श्लोक छ । यसमा श्रीकृष्ण निरपेक्ष वास्तविकता र त्यसको भ्रामक उर्जा ‘माया’को बारेमा अर्जुनलाई बताउँछ । आठौं अध्याय गीताको आठौं अध्याय अक्षरब्रम्हायोग हो, जसमा २८ श्लोक छ । गीताको यस पाठमा स्वर्ग र नर्कको सिद्धान्त सामेल छ । यसमा मृत्युअघि व्यक्तिको सोच, अध्यत्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताउँछ । नवौं अध्यायराजविद्याराजगृह्य योग गीताको नवौं अध्याय हो, जसमा ३४ श्लोक छ । यसमा श्रीकृष्णले आन्तरिक उर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पुरा ब्रम्हान्ड नष्ट गर्छ भन्ने वताउँछ । दशौं अध्याय विभूति योग गीताको दशौं अध्याय हो, जसमा ४२ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई भन्छ कि, कसरी सबै तत्व र आध्यात्मिक अस्थितत्वको अन्त्यको कारण बन्छ । एघारौं अध्याय विश्वरुपदर्शन योग गीताको एघारौं अध्याय हो, जसमा ५५ श्लोक छ । यस अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आफ्नो विश्वरुप धारण गर्छ । बाह्रौं अध्यायभक्ति योग गीताको बाह्रौ अध्याय हो, जसमा २० श्लोक छ । यस अध्यायमा कृष्ण भगवान भक्ति मार्गको महिमा बताउँछन् । यसका साथै उनले भक्तियोगको वर्णन अर्जुनलाई सुनाउँछ ।

तेह्रौं अध्याय क्षेत्रक्षत्रज्ञविभाग योग गीता तेह्रौ अध्याय हो, यसमा ३५ श्लोक छ । यसमा श्रीकृष्ण अर्जुनलाई क्षेत्र र क्षेत्रज्ञको ज्ञानको बारेमा तथा सत्व, रज र तम गुणद्वारा राम्रो योनीमा जन्म लिने उपाय सिकाउँछ । चौध अध्याय गीताको चौध अध्याय गुणत्रयविभाग योग हो, यसमा २७ श्लोक छ । यसमा श्रीकृष्ण सत्व, रज र तम गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्य गतिको विस्तारपूर्वक वर्णन गर्छन् । अन्त्यमा यी गुण पाउने उपयाय र यसको फल पनि बताउँछ । पन्ध्रौं अध्याय गीताको पन्ध्रौं अध्याय पुरुषोत्तम योग हो, यसमा २० श्लोक छ । यसमा श्रीकृष्ण भन्छन् कि दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुष मेरो उपहास गर्छ । सोह्रौ अध्यायदैवासरसंपद्विभाग योग गीताको सोह्रौ अध्याय हो, जसमा २४ श्लोक छ । यसमा श्रीकृष्ण स्वभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानी पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणको बारेमा बताउँछ ।सत्रौं अध्याय श्रद्धात्रयविभाग योग गीताको सत्रौ अध्याय हो, यसमा २८ श्लोक छ । यसमा श्रीकृष्णले अर्जुनलाई भनेको छ कि शास्त्र विधीको ज्ञान नभएको कारणले शास्त्र विधी छाड्नुमा यज्ञ, पूजा आदि शुभ कार्य त श्रद्धापूर्वक गर्छन्, त्यसको स्थिती के हुन्छ । अठारौं अध्यायमोक्ष- सन्यास योग गीताको अठारौं अध्याय हो, यसमा ७८ श्लोक छ । यस अध्याय पछिल्लो सबै अध्यायको सारांश हो । यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात ज्ञानयोग र त्याग अर्थात फलासक्तिरहित कर्मयोगको तत्व जान्ने इच्छा प्रकट गर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…