नेविसंघको आन्दोलनमा वल प्रयोग ,युवराज पाण्डेय लगायतका नेता पक्राउ

२६ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
2K Shares


काठमाडौं । भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले काठमाडौंमा राँके जुलुस निकालेको छ ।  नेविसंघले बिहीबार साँझ बालाजु – बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुसपछि बालाजु चोकमा कोणसभा गर्ने क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले १४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डेय सुशील भट्ट ,निरन्जन थापा, पवन थापा, सुबास घिमिरे, सुदीप अधिकारी, बिजय ढुङ्गना, मनोज राना, सौरब घिमिरे, सन्देश पन्त, सुशील ढकाल, प्रदीप जङ साह, अमृत लामिछाने, उत्सब अवस्थी र अनिल महर्जन लगायत रहेका छन् । यसअघि नेविसंघले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…