प्रेम बहादुर श्रेष्ठ अक्षयकोषले विहिबार गरिव तथा जेहेन्दार छात्रवृद्धी प्रदान गर्यो

प्रकाशित मिति:

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको नाममा स्थापित प्रेम बहादुर श्रेष्ठ अक्षयकोषले विहिबार गरिव तथा जेहेन्दार छात्रवृद्धी प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको कोटीहवामा रहेको कोटीहवा माध्यमिक विद्यालय बाट २०७४ साममा एसईई परिक्षमा सहभागि विद्यार्थिहरु मध्य बाट उत्कृष्ट अङक प्रप्त गर्ने विद्यालयका ५ जना छात्र तथा छात्राहरुलाई नगत सहित प्रमाण पत्र प्रदान गरेको हो । पञ्चकन्या ग्रुपका २०६९ साल बाट कोटिहवामा रहेको कोटीहवा माध्यमिक विद्यालयबाट एसईईमा सहभागि उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई सम्मान गर्दै आईरहेको ग्रुपका उपाध्यक्ष तथा प्रेम बहादुर श्रेष्ठ अक्षयकोषका अध्यक्ष धुव कुमार श्रेष्ठले बताउनुभयो ।

उहाले आफुले विद्यार्थिहरुलाई केही मात्रामा भएपनि सहयोग हुने आशाले अक्षय कोषको स्थापना गरेको बताउदै आउने दिनमा आवश्यकताको महशुज भए कोष वृद्धी गर्दै लौजाने बताउनुभयो ।कार्यक्रममा कार्यक्रम्का प्रमुख अतिथि तथा तिलोत्तमा व्यापार संगठनका अध्यक्ष गुणनिधि भण्डारीले व्यावसायीक प्रतिष्ठानहरु समाजसेवा भन्दा पनि व्यावसायमा नै केन्द्रित भैरहेको बोला पञ्चकन्या गुरुपले निकै राम्रो कमा गरेको बताउनु भयो । उहाले यस्तचा प्रकारका सहयोगले विद्यार्थि र अभिवावक तथा विद्यालयलाई समेत हौसला बढ्ने बताउदै समाजिक कार्यमा संघ सस्था तथा व्यापारिक प्रतिष्ठानलाई सामाजिक कार्यमा लाग्न आग्रह समेत गर्नुभयो । सो अवसरमा एसईईमा विद्यालय बाट सर्व उत्कृष्ट नम्बर ३.८ जिपिए ल्याएकी छात्रा बविता अधिकारिलाई नगत दश हजार र प्रमाण पत्रले सम्मान गरेको थियो भने विषाल भूसाल, सरोज कुमार थारु, प्रेमकला विक र दान विर थापालाई नगत पाँच पाँचहजार तथा प्रमाण पत्रले सम्मन गरिएको थियो । कार्यक्रममा प्रेम बहादुर श्रेष्ठ अक्षयकोषका सचिव कृष्ण प्रसाद घिमिरेको स्वागत विद्यालयका शिक्षक चक्रपाडी बस्यालको संचालन तथा कोषका अध्यक्ष धुव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।