जापनामा नेपाली विधार्थीका दुई संस्था बिचको एकता अधिबेशन हुने

२७ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
148 Shares


जापान । उच्च क्षिक्षा हासिल गर्नको लागि जापान आएका नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्था बिचको एकता अधिबेशन हुने भएको छ । नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान नेसाज बिच एकता अधिबेशन सेप्टेम्बर २२ तारिख आइतवार नागोया मा हुने जनाईएको छ । एकता पछी संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान नेसाज रहनेगरी दुई संस्थाका प्रतिनिधि बिच हस्ताक्षर समेत भएको थियो । दुबै संस्थाबाट प्रतिनिधित्व हुने गरी हाललाई नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेल संयोजक र नेपाली विद्यार्थी समाजका अध्यक्ष तेज प्रकाश गुरुङ् सह- संयोजक रहेको १३ सदस्यिय मुल आयोजक समिती गठन भएको छ ।

एकता अधिबेशन गर्नकोलागी गठित मुल आयोजक समितिको सदस्यहरुमा क्रमश कृष्ण प्रसाद भुसाल,इस्वर भट्टराई सुमन श्रेष्ठ
अजय राना अनिस तिवारी शंकर भुषाल रितु थापा प्रकाश भण्डारी क्षेत्री राजु तिवारी राजेन्द्र घिमिरे र भरत शाह रहनुभएको छ ।
जापान मा अध्यनरत बिधारथी हरूलाई सहयोग दुर्घटना लगाएत विभिन्न समस्या मा परेका वेला आर्थिक सहयोग गर्ने उदेश्यका साथ अधिबेशन मुल आयोजक समितिले महाधिबेशन सम्म दश लाख भन्दा माथीको आपत्कालिन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित कार्यबिधी तयार पारेको छ ।  १९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकताले सार्थकता पाउदै विद्यार्थीको हक ,हित ,अधिकार र आइपर्ने समस्या समाधानको लागि पनि एकता महशुस भएको र सोही अनुसार प्रक्रिया अगाडि बढाईएको दुबै विद्यार्थी समाजका प्रतिनिधिहरुले विश्वाश लिएको बताएका छन्।  एकता पश्चात् हरेक विद्यार्थीमा आइपर्ने समस्याको समाधान सहज रुपमा हुने विश्वाश विद्यार्थीहरुले लिएका छन् । जापान का सबै क्षेत्र मा अध्यरत सक्रिय विधारथी लाई समेटेर कमिटी निर्माण गरिने महासचिव कृष्ण प्रसाद भुसाल ले वताउनू भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गुल्मीको धुर्कोटमा जिल्ला प्रशासन कार्यालयको प्रशिक्षण कार्यक्रम सम्पन्न
  • बल्ल गर्यो सरकारले सहि समयमा सहि काम : भारतीय नागरीकको…
  • अक्षयकोषको रकमले गंगा प्राथमिक विद्यालयमा शैक्षिक सामग्रीहरु वितरण
  • परमात्मा ,ईश्वरको साम्राज्य कहाँ छ ?
  • योग मानव मस्तिष्कको बृद्धि विकासमा महत्वपूर्ण
  • गलत तरिकाले सिन्दुर लगाउँदा हुन सक्छ धनको क्षति
  • सिन्दुर को महत्व के छ? हेर्नुहोस महत्व यस्ता छन
  • गौतम बुद्धले नै गरेका थिए ७ वर्गका श्रीमतीको वर्णन 
  • नेपाली चलचित्र क्षेत्रमा पर्यो अर्को बज्रपात: चलचित्र बिकास बोर्डका अध्यक्ष…
  • सोमबारको दिन पशुपतिनाथ मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोस जय…