मदिरा आआफ्नो खर्चबाट खाएका हुन्,अब हामी सच्चिछौ : नगरप्रमुख न्यौपाने

प्रकाशित मिति:

तनहुँ व्यास नगरपालिकामा नगर सभा बुधबार सकिएपछि बेलुका सभा हलमा मदिरा खादै नाच्दै गरेको भिडियो सार्वजनिक भएपछि बाहिर विभिन्न टीकाटिप्पणी गरिएको छ।

उक्त भिडियो अनलाइन,पत्रपत्रिका र सामाजिक संजालमा भाइरल भैरहेको छ। जनताको करबाट उठेको पैसाले जनप्रतिनिधि र कर्मचारीले महङ्गो मदिरा सेवन गरेर सभा हलमा रमाइलो गरिरहेको भिडियोमा सजिलै देख्न सकिन्थ्यो। व्यास नगरपालिकाका प्रमुख सहित वडाका जनप्रतिनिधि कर्मचारी ड्रेस र परिचयपत्र सहित मदिरा सेवन गरिरहेका थिए। यश विषयमा एक टेलिभिजनले प्रश्न गर्दा नगरप्रमुख वैकुण्ठनाथ न्यौपाने मदिरा आआफ्नो खर्चबाट खाएको बताएका छन्। मदिरा नगरपालिकाले नकिनेको र आआफ्नै हिसाबले व्यवस्थापन गरेर खाएका बताएका हुन्। आगामी दिनमा हामीहरू सच्चिने पनि नगर प्रमुख न्यौपानेले बताएका छन्। त्यस्तै नगरप्रमुख न्यौपानेले नियोजित रूपमा हामीहरूलाई बदनाम गर्ने खोजियको पनि उनको भनाइ थियो। नगरपालिकाले राम्रो काम पनि गरेको र सो कुराको प्रचार नगरिएको नगरप्रमुख न्यौपानेको भनाइ थियो।