बुटवलको चोराहामा एक्स रेष्टुरेन्ट लाउन्ज एण्ड बार तथा एक्स ग्लोवल टुर एण्ड ट्राभल्स संचालनमा आयो

प्रकाशित मिति:

रुपन्देहीको बुटवल राजमार्ग चौराहामा एक्स रेष्टुरेन्ट लाउन्ज एण्ड बार तथा एक्स ग्लोवल टुर एण्ड ट्राभल्स संचालनमा आएको छ । एक्स रेष्टुरेन्ट लाउन्ज एण्ड बार तथा टुर एण्ड ट्राभल्सको शुक्रबार एक कार्यक्रमका बीच होटल तथा रेष्टुरेण्ट ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसि र चर्चित क्रिकेटर शक्ति गौचनले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै होटल तथा रेष्टुरेण्ट ब्यवसायि संघका अध्यक्ष जिसिले पछिल्लो समय होटल संचालकहरु प्रति हेरिने दृष्टिकोण फरक भएकोले ब्यवसायमा सहजता आएको बताउनुभयो । कार्यक्रममा क्रिकेटर गौचनले होटल तथा रेष्टुरेण्ट संचालनका लागि जोसुकैकोे मन जानु पर्यटकीय विकासको सम्भावना बलियो बन्दै गएको बताउनुभयो । एक्स बार तथा ट्राभल्सका संचालक खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा दुबै संस्थाका प्रबन्ध निर्देशक निलम अधिकारीले सेवाग्राहीको चाहना अनुसार दुवै संस्थालाई एकै थलोमा गाभेर संचालनमा ल्याउन सफल भएको बताउनुभयो । उहाँले रातो र कालो रंगको ४ तल्ले भवनमा छुट्टा छुट्टै तलामा फरक फरक वातावरणमा सेवा प्रदान गरिने जानकारी दिनुभयो । बारबाट ग्रील अक्टोपस, अक्टोपस इन व्ल्याक विन सस, प्राउन कक्टेल लगायतका परिकारका स्वाद ग्राहकले पाउने छन् । झन्डै डेढ करोडको लगानीमा बार तथा ट्राभल्स संचालनमा ल्याइएको बताउनुभयो । भूई तलामा टुर एण्ड ट्राभल्सको कार्यालय राखिएको छ भने त्यसमाथीका प्रत्यक तलामा फरक फरक स्वाद दिने रेष्टुरेण्ट तथा बार संचालनमा ल्याइएको हो । दुई संस्थाका लागि २२ जना कर्मचारीले सेवा दिइरहेको प्रवन्ध निर्देशक अधिकारीले बताउनुभयो । संचारकर्मी सुमन श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा डलभिन एजेकेशनका निर्देशक सुनिल जोशि लगायतले शुभकामना दिनुभएको थियो ।