पाणिनि गाउँपालिका दुध, अण्डा, मासुमा आत्मनिर्भर : अध्यक्ष गाैतम

२७ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
115 Shares


घनश्याम पौडेल । पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले पालिकाभित्र रहेका सवै क्षेत्रलाई समेटेर वजेट विनियोजन गरेको बताएका छन् । पाणिनि गाउँपालिका वडा नम्बर २ पोखराथोकको आयोजनामा असहाय महिला, अपाङ्ग, दलित, जनजाति तथा ज्येष्ठ नागरिक सम्मानमा अध्यक्ष गौतमले सबै जातजाति, धर्म, संस्कृतिको रक्षा गर्दै सबै क्षेत्रका मानिसलाई सम्मान गरेको बताए ।

उनले पाणिनि गाउँपालिकाले बाख्राको हवको रूपमा विकास गरि अड्गुरी, मैदान र पोखराथोकमा बोयर हवको रूपमा विकास गर्ने गरी गाउँपालिका अगाडि बढेको बताए । पाणिनि गाउँपालिका दूध, मासु र अण्डामा आत्मनिर्भर बनेको छ, उत्पादनका आधारमा दुधमा अनुदान दिन थालेपछि कृषकहरू थप व्यवसायिक रूपमा पशुपालनमा लागेको बताए । कार्यक्रममा ८० जनालाई नगद र कासको थाल वितरण गरि सम्मान गरिएको थियो । वडा अध्यक्ष नेत्रप्रसाद भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मि विक, वडा सदस्य रामबहादुर गौतम, सचिव टेकराज श्रेष्ठ, स्थानीय चन्द्रकान्त पौडेल, ठाकुरप्रसाद गौतमले मन्तव्य राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस
  • बजार अनुगमनमा नीजि क्षेत्रको चासो अधिकार पाएको स्थानीयतह भने बेखबर
  • वरिष्ठ नेता पौडेल भन्छन – ‘सरकारले राज्यकाे ढुकुटी कार्यकर्तालाई बाँड्याे’
  • नेप्से ७ अंकले उकालो लाग्यो
  • मानसरोवर गएकी एक भारतीय तीर्थयात्रीको म‍ृत्यु
  • दर्ता नै नभएका औषधि नेपाली बजारमा, कारवाही गर्ने विभागको चेतावनी
  • भक्तपुरमा रातभर जागे महाकाली, भैरव र नीलबाराही