मुख्यमन्त्री सहीतको टोली भ्रमण सकेर स्वदेश फीर्ता

प्रकाशित मिति:

बुटवल । चिनिया कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा माननीय मुख्य मन्त्री शंकर पोखरेलको नेतृत्वमा चीनका दुई प्रान्त सिचु वान र क्वीचौ भ्रमणमा गएको २० सदस्यीय टोली स्वदेश फर्किएको छ । दशदिनकालागितीदुई प्रान्तको भ्रमणमा गएको टोलीले तीप्रान्तकाविभिन्न सांस्कृतिकतथापर्यटकीय क्षेत्रहरुको अवलोकन÷भ्रमण गर्ने अवसर समेत प्राप्तगयो । ती ठाउँहरुको अवलोकन भ्रमण गर्नुका साथै केही महत्वपूर्ण समझदारी समेत गरिएको छ । प्रदेशनम्बर पाँच र चीनको सिचुवानप्रान्तबीचभगिनी सम्बन्धकायमगर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर गरेपछि सिचुवानप्रान्तकागभर्नर इनलीले चीन र नेपालबीचअसल छिमेकीको सम्वन्ध रहिआएको भन्दै यस्तो उच्चस्तरको भ्रमणले आगामीदिनमादुई देशबीच र प्रदेश–प्रदेशबीचथपअसल सम्वन्ध स्थापितहुने विश्वास व्यक्तगर्नुभयो ।
नौ करोड १० लाख जनसंख्याभएको सिचुवानप्रान्तचीनको चौथो ठूलो प्रान्तहो ।

छलफलमा गभर्नर लीले यो समझदारीले प्रदेश नम्बर पाँचकाजनता र सरकारबीचको सम्बन्ध अघि बढाउन पनिथप सहयोग पुग्ने विश्वास व्यक्तगर्नुभयो । मुख्यमन्त्रीले यो भ्रमणले दुई प्रदेश,पालिका र जनताबीचको सम्बन्धअझबलियो हुने र दुई देशबीचको सम्बन्धलाई थपमजबुतबनाउन बल पुग्ने विश्वास व्यक्तगर्नुभयो । सो अवसरमाउहाँले गर्भनर लीलाई शान्तिकाअग्रदुतगौतम बुद्धको जन्मस्थललुम्बिनी र प्रदेश पाँच भ्रमणको लागिनिम्तादिनुभयो । त्यसैगरी मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागकाउपप्रमुखशाओ ल्याङ्गबीच भेटवार्ता भयो । भेटवार्तामामुख्यमन्त्रीले नेपालचीन सम्बन्धनिकै पूरानो भएको र यो सम्बन्धलाई प्रगाढ बनाउँदै लैजानद्विपक्षीय भ्रमणले सघाउ पुरयाउने विश्वास व्यक्तगर्नुभयो । उहाँले नेपाल सधैं एक चीननीतिमा प्रतिबद्ध रहेको विश्वास दिलाउनुभयो । उहाँले विआरआई नेपालचीनबीचको कनेक्टिभिटीको महत्वपूर्ण हिस्सा बन्ने र विआरआई मार्फत रेल काठमाडौं हुँदै लुम्बिनीसम्मजोडिने कुराले प्रदेश पाँचकानागरिक खुशीभएको बताउनुभयो । उपप्रमुखल्याङ्गले नेपालले लिएको एक चीननीतिको प्रतिबद्धताप्रति धन्यवाददिदै समृद्ध नेपाल र खुशी नेपालीबनाउने लक्ष्यमाचीनको सहयोग रहने बताउनुभयो ।

त्यसैगरी भ्रमणकै क्रममादाङको घोराहीउप–महानगरपालिका र सिचुवानको यान सीटीबीच पनिभगिनी सम्वन्धकायमगर्ने समझदारीपत्रमा हस्ताक्षर भयो । घोराहीउप–महानगरपालिकाका मेयर नरुलालचौधरी र यान सिटीका उपप्रमुखखाइहुनशोङले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । कार्यक्रममायान सिटीका प्रमुखचीन टओको पनिउपस्थिति रहेको थियो ।  त्यसैगरी भ्रमणकै क्रममाबर्दियाको ठाकुरबाबानगरपालिका र क्वीचौ प्रदेशको ल्युफाशोय सहरबीचपनिसमझदारीपत्रमा हस्ताक्षर भयो । करीब ३५ लाख जनसङ्ख्या रहेको सो सहर र ठाकुरबाबानगरपालिकाबीचको समझदारीले सम्वन्धथप प्रगाढ हुने छ । तीनओटै समझदारीपत्रमाभएका हस्ताक्षरले दुई देशबीचको सम्वन्ध, दुई देशबीचकाजनताको सम्बन्ध र दुई देशबीचका संगठनको बीचमाअझ प्रगाढ सम्वन्ध स्थापितहुँदै जाने छ ।  त्यसैगरी भ्रमण टोलीले भ्रमणका क्रममाचीनले गरिबीनिवारणका सन्दर्भमा गरेकाप्रयासहरुलाई नजिकबाट अवलोकनगर्ने अवसर प्राप्त गर्यो । सन् २०२० सम्ममाचीनले गरिबीअन्त्यगर्ने योजनाका साथ जसरी उसले आफ्नो योजनालाई अघि बढाएको छ । त्यो योजनालाई मुख्यमन्त्रीज्यूले असाध्यै प्रभावकारी रुपमालिनु भएको छ ।  पछिल्लो समय चिनिया कम्युनिष्ट पार्टीकामहासचिवएवं राष्ट्रपति सि जिङफिङको नेतृत्वमागरिबीनिवारणको जुनप्रयासहरु अघि बढेका छन् ।

त्यसले समाजवादकालागि एउटा आशाजगाएको देखिएको छ । भ्रमणका क्रममात्यसलाई प्रत्यक्ष रुपमात्यसको अनुभवगर्ने अवसर समेत प्राप्तभयो । मुख्यमन्त्रीज्यूले यो महत्वपूर्णउपलब्धीकालागिचिनिया कम्युनिष्ट पार्टी र चिनियाँ सरकारलाई धेरै–धेरै धन्यवाददिनु भएको छ । भ्रमणपछिउहाँले चिनियाँविकासकाअनुभवहरु हामी नेपालीहरुकालागिउपयोगीहुन सक्ने र हामी छिमेकीको विकासको अनुभवबाट पनि केहीसिक्दै समृद्धिको यात्रालाई अघि बढाउने तयारीका साथ जुटिरहेको बताउनुभएको छ । भ्रमणका क्रममाचिनिया कम्युनिष्ट पार्टीको विदेश विभागले देखाएको सदभाव, भ्रमण गरेकादुई प्रान्तका पार्टी नेतृत्व र त्यहाँको नेतृत्वले गरेको सम्मानप्रतिपनिमुख्यमन्त्रीज्यूले आभार व्यक्तगर्नुभएको छ । त्यसैगरी भ्रमण टोलीले भ्रमणका क्रममा केहीसिक्ने र अनुभव बटुल्नका लागि देखाएको चासोप्रतिपनिमुख्यमन्त्रीज्यूले धन्यवाददिनु भएको छ । भ्रमणबाट कृषि, पर्यटन, ऊर्जा, भौतिकपुर्वाधार, शिक्षा, स्वास्थ्यकालागिचीनले गरेकाप्रयास र गरिबीनिवारणका लागिचालेकाकदम अनुकरणीय छन् । अन्त्यमा यो भ्रमणका लागि सहजीकरण गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्व र सरकारप्रतिपनिमुख्यमन्त्रीज्यूले आभार प्रकट गर्नु भएको छ ।