खोलाले बगाउँदा बालिकाको मृत्यु

प्रकाशित मिति:

हेटौंडा – उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । जनकल्याण माविको कक्षा ६ मा अध्ययन गर्ने सञ्चना बलामीलाई विद्यालयबाट फर्किने क्रममा खोलाले बगाएको थियो ।