खुकुरी प्रहार गरी बौद्धमा जापानी नागरिकको दुई लाख लुटियो

प्रकाशित मिति:

काठमाडौं – काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुलेमा खुकरी प्रहार गरी एक जापानी नागरिकमाथि लुटपाट गरेको छ । तिनचुलेमा डेरा गरी बस्दै आएका ४० वर्षीय जापानी नागरिक सुमिजु तेन्जिमाथि ५-६ जनाको अपरिचित समूहले लुटपाट गरेको हो । उनको साथबाट दुई लाख लुटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अपरिचति समूह घरभित्र प्रवेश गरी सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाएको अवस्थामा उनको उद्धार गरिएको हो । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको र लुटेराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।