‘हजार जुनीसम्म’ को गीतमा आर्यन र दीपाश्रीको ठुम्का (भिडियो)

प्रकाशित मिति:

काठमाडौं – विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ मा समावेश गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा एकनारायण भण्डारीका शब्द छन् । लोकशैलीको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रल्हाद तिमल्सिना र मीना निरौलाको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा आर्यन सिग्देल र शिवहरि पौडेलले दीपाश्री निरौलासँग रोमान्स गरेका छन् । यस्तै गीतमा स्वस्तिमा खड्का, अखिलेस प्रधान, उत्तम प्रधान लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । रोमान्टिक लाग्ने भिडियोमा दीपाश्री निरौलाले भट्टीवाली साहुनीको भूमिका निभाएकी छिन् ।

आउँदो भदौ ६ गतेलाई रिलिज मिति तय गरेको यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेस प्रधान, उत्तम प्रधान सलोन बस्नेत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ । फिल्मको कथा विशाल चाम्लिङले लेखेका हुन् भने सामीप्यराज तिमिल्सेना र निर्देशक आचार्यले फिल्मको पटकथा र संवाद तयार पारेका हुन् ।