यतीको विमान हटाउन नसकेपछि अन्तर्राष्ट्रिय विमानस्थल ठप्प, सयौं यात्रु अलपत्र

प्रकाशित मिति:

काठमाडौं – यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै ठप्प छ । नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मेदानमा पुगेको थियो ।

लगतै विहान ११ देखि आन्तरिक तथा बाह्य उडान बन्द भएको विमान्स्थल सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले जानकारी दिएको छ । विमानस्थल ठप्प भएका कारण विभिन्न ठाउँ जान विमानस्थल पुगेका अलपत्र परेका छन् । नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ ।

अहिले विमान हटाउने प्रयास भइरहेको र जहाजको एउटा पांग्रा हिलोमा गडेका कारण निकाल्न कठिन भएको प्रहरीले जनाएको छ । विमान हटाउन समय लागेका कारण विमानस्थल कार्यालयले साँझ ५ बजेसम्म नोटाम जारी गरेको छ । ५ बजेसम्मका लागि नोटाम जारी गरे पनि जहाज पन्छाउन त्यसभन्दा बढी समय लाग्नसक्ने विमानस्थल कार्यालयले बताएको छ ।