डिप्लोमा तथा प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षा २०७६​ को परीक्षा तालीका

प्रकाशित मिति:

काठमाडौं – डिप्लोमा तथा प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षा २०७६ को परीक्षा तालीका सम्बन्धी अत्यन्त जरुरी सूचना प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०७६/०३/१८ मा प्रकाशित परीक्षा आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०७६ साल श्रावण/भाद्र महिनामा सञ्चालन गरिने डिप्लोमा तहका सिभिल, हाइड्रोपावर, इलेक्ट्रिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, रेफ एण्ड एसी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, सूचना प्रविधि,

जियोमेटिक्स, होटल मेनेजमेन्ट र फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रमको प्रथम वर्ष दोस्रो खण्ड, दोस्रो वर्ष दोस्रो खण्ड र तेस्रो वर्ष दोस्रो खण्ड तथा प्रविणता प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा, फार्मेसी, कृषि, वन, मेडिकल ल्याव टेक्नोलोजी, रेडियोग्राफी, अथाल्मिक, डेन्टल साइन्स (डेन्टल हाइजिन), आयुर्वेद, अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्सिभेसन (AAM), होमीयोप्याथी, फिजियोथेरापी कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा तपसिलमा उल्लेख भएको परीक्षा तालिका अनुसार सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद