मेयरकपको फाइनलमा सौभाग्य र डीएमसी भिड्ने

२७ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट । बुटवलको सौभाग्य युवा क्लब तिलोत्तमामा जारी प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा शुक्रबार सम्पन्न अन्तिम सेमिफाइनलमा सौभाग्यले स्मृति स्पोर्ट्स क्लब तिलोत्तमालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

सौभाग्यको जितका लागि दीपेश आलेले ९औैं,विशाल ठकुरीले ५४औं र शरद क्षेत्रीले ६०औं मिनेटमा गोल गरेका थिए । स्मृति युवा क्लबका अरुण गाहाले खेलको सातौं मिनेटमा गोल गरेर अग्रता लिएपनि दोस्रो हाफमा रक्षात्मक खेल्न पुगेको थियो । खेलमा सौभाग्यका शरद क्षेत्री म्यान अफ द म्याच घोषित भएका आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए । अब शनिबार हुने फाइनल खेलमा सौभाग्यले दुर्गा मन्दिर क्लब (डीएमसी) संग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । १६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गर्ने एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया