सत्ता र प्रतिपक्ष नभनि विपत्तिमा सबै जुटौं – प्रवक्ता शर्मा

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेसले विपत्तिको जुटेर सामना गर्न सबैमा अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक विमत्ति आफ्नो ठाउँमा रहेपनि विपत्तिको समयमा सत्ता या प्रतिपक्ष नहुने भन्दै विपत्तिको जुटेर सामना गर्न नेता कार्यकर्तालाई अपिल गरेका छन् ।‘अविरल झरी र पहिरोले जनधनको क्षति गरेको यो समय हामी उद्दारको कर्ममा आफ्नो पार्टी पंक्तिको सहभागिता साथ सरकारको साथमा छौं ’ प्रवक्ता शर्माले लेखेका छन् ।

विहीवारदेखि परेको अविरल वर्षाले दशभरको जनजीवन प्रभावित भएको छ । वर्षापछिको बाढी पहिरोमा परि अहिलेसम्म १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५ भन्दा धेरै मानिस वेपत्ता भएका छन् । बाढीले राजधानीको कलंकी, भक्तपुरसहित खोला नजिकका अधिकांश क्षेत्र डुवानमा परेका छन् । त्यस्तै तराईका अधिकांश स्थान डुवानमा परेका छन् ।