गगनले फेसवुक लाईभमा आएर भने : प्रधानमन्त्रीले भन्नुभएजस्तै अरिंगालजस्तो संगठन मप्रति लक्षित छ

२८ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
80 Shares

file

काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले आफूविरुद्धमा अनर्गल प्रचार भइरहेको प्रष्ट पारेका छन्। उनले गत असार २३ गते साँझ एक अनलाइनमा प्रकाशित समाचार गगन थापा अमेरिकी दूतावासका मुख्य सम्पर्क सुत्रुप्रति लक्षित रहँदै उनले सो समाचार नयाँ नभएको बताएका हुन्। उनले विकिलिक्सले २०६८ भाद्र १३ मा सार्वजनिक गरेको सूची नयाँ नभएको खुलाएका छन्। यो खोल्नुपर्ने र खोज्नुपर्ने गर्नुपर्ने विषय नै होइन। उक्त जानकारी सार्वजनिक रुपमै पब्लिक डोमेनहरुमा हाल उपलब्ध छ। जसले पनि सहजै अध्ययन गर्न पाउँछन्। यस्तो अवस्थामा जुन खुलासा भयो, प्रमाणसिहत भनेर जुन रुपमा प्रस्तुत गरियो, उक्त कार्यमा अनलाइन वा पत्रकार कोही पनि झुक्किएका वा पहिलो पटक थाहा पाएर होइन। उनीहरुले त्यसमा रहेका सयौं पानामा गगन थापाबाहेक नेपालका थुप्रै विशिष्ट व्यक्तिहरुका बारेमा जानकारी पाउन सक्छन्, तर उनीहरु अन्य कसैको बारेमा भन्दैनन्। खोट यहींबाट देखियो, उनले भने।

उनले समाचारमा उल्लेख भएको अमेरिकी राजदूतावासको मुख्य सम्पर्क सुत्रका बारेमासमेत आफ्नो धारणा राखे। उनले ुएक अमेरिकी प्रतिनिधिले आज मात्रै यस बारेमा जानकारी दिँदै यो आफूहरुको सामान्य बोलिचालीको भाषा रहेको बताएकाु उल्लेख गरे। यसमा पनि समाचार प्रकाशन गर्ने अनलाइन तथा पत्रकार नझुक्किएको उनको भनाइ छ। ुयसमा पनि उहाँहरु झुक्किनुभएको भए, की एम्बेसी कन्ट्याक्ट खतरनाक कुरा हो भन्ने लागेको भए, त्यही पृष्ठमा भिम रावल, झलनाथ खनाललाई क्लोज कन्ट्या्कट, अझै कृष्णबहादुर महरालाई वर्क डिरेक्ट्ली विथ एम्बेसी, सुजाता कोइराला, विजयकुमार गच्छादार, प्रकाश सरण महत, सुरेन्द्र पाण्डेलगायतलाई की मिनिस्टर भनेर उल्लेख गरिएको छ। यस बाहेक दर्जनौं नेता, व्यापारी, पत्रकारलगायतको बारेमा लखिएको छ तर उनीहरु लेख्दैनन्, भन्दैनन्। यहाँ पनि उनीहरु झुक्किएका होइनन्, झुक्याउँछन्। पहिलो संविधानसभा चुनावअघि पार्टीका बारे अमेरिकी दूतावासलाई गोप्य जानकारी दिएको भन्ने कुरा आफूलगायतका नेताहरुले त्यतिबेलै सार्वजनिक मञ्चहरुमा भन्ने गरेको उनले स्मरण गरे। यसमा पनि उनीहरु झुक्किएका होइनन्। गगनले भने भनेर राखिएको फोटोको मुनि रहेको मानवअधिकारकर्मी सुवोध प्याकुरेलले यस्तो भन्नुभयो, विष्णु रिमालले यस्तो भन्नुभयो भनेर राख्दैनन्। तत्कालीन परराष्टमन्त्री केपी शर्मा ओलीले उत्तर कोरियाका बारेमा, माधव कुमार नेपाल, पुष्फकमल दाहालले भनेका थुप्रै कुरा र समाचार उनीहरु लेख्दैनन्, थुप्रै भेटघाटका बारेमा उल्लेख गर्दैनन्, उनीहरु झुक्किएका हुन्, थापाले स्पष्ट पारे। आफूले ग्लोबल लिडरका रुपमा नेपालबाट छानिएर लिएको कक्षाका सम्बन्धमा पनि सबै स्पष्ट रुपमा जान्न सकिने उनले बताए। उनले आफू सक्रिय राजनीतिकर्मी भएको उल्लेख गर्दै आफ्नो सोहीअनुसारको भ्रमण तथा भेटघाट हुनेसमेत उल्लेख गरे। भने, म र मेराबारेका कुरा घाम जस्तै छर्लंग छन्।

उनले आफू लगत्तै बेलायत र भारतको भ्रमणमा जान लागेको जानकारी दिँदै भ्रमण र भेटघाटका सीमाका बारेमा आफू स्पष्ट रहेको र सोहीअनुसार नै निर्णय गर्ने जनाए। उनले आफूसँग केही साथीहरु रिसाएकोले यस्तो कार्य भएको बताउँदै साथीहरु रिसाए पनि आफूले आफ्नो कार्य भने गर्न नछोड्ने प्रतिवद्धता जनाए। यो विषयबाट यसलाई क्षति पुग्यो भन्ने लागेन भने उनीहरु अर्को विषय सुरु गर्छन्, उनले भने, प्रधानमन्त्रीले केही समयअघि भन्नुभएजस्तै अरिंगालजस्तो संगठन मप्रति लक्षित छ, यी कुनै पनि कुरा मलाई अनौठो लाग्दैन। आफू खुल्ला किताव भएको बताउँदै उनले आफ्ना बारेमा र आफ्नो राजनीतिक लक्षका बारेमा समेत सबै कुरा प्रष्ट रहेको बताए। उनले भने, उनीहरु यस्ता धन्दा चलाइराख्छन्, यस बारेमा मलाई कुनै चिन्ता छैन। आफूबाट गल्ति, कमजोरी भएमा सुधारका लागि प्रश्न र आलोचना सुन्न तयार भएको बताउँदै उनले यस्ता प्रवृत्तिहरुलाई स्थान नदिऊँ भन्ने मात्रै आफ्नो माग रहेको खुलाए। उनले झुट र भ्रामक समाचारबाट पीडित रहँदै गर्दा पनि केही व्यक्तिले गरेको गलत व्यवहार गरे भन्दैमा फरक मत र आलोचना गर्न पाउने लोकतन्त्रको आधारभूत सिद्धान्त खोसिनु हुँदैन भन्ने पक्षमा आफू रहेको स्पष्ट पारे। नागरिकले प्रश्न गर्न पाउने अधिकार खोसिनु हुँदैन भनेर लडिरहेको छु, थापाले भने, मेरा बारेमा गलत प्रयोग भइरहे पनि नागरिकले प्रश्न गर्न पाउने अधिकार खोसिनु हुँदैन। यही अधिकार सदुपयोग गर्न नागरिकका लागि मेरो लडाइँ जारी रहन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद