बर्दिबासमा भब्सी नदीको पुल बग्यो

२८ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
71 Shares


बर्दिवास, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ । अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्। केही यात्रु गन्तव्यमा पुग्न जोखिम मोलेर नदी तरिरहेको स्थानीयले बताएका छन् । भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा