लुम्बिनी मेडिकल कलेज बाटै हराएको नवजात शिशु अझै भेटिएन

प्रकाशित मिति:

पाल्पा । पाल्पामा शुक्रबार अस्पतालबाटै हराएको शिशु अझै फेला परेको छैन । शिशु चोर्ने महिला सीसी टीभीको फुटेजमा देखिएकी भए पनि पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा जन्मिएको केही घण्टामै शिशु गायब भएको थियो । तानसेन नगरपालिका ९ की २२ वर्षीया जमुना रानाले जन्माएको शिशु हराएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहान ११ बजे रानाले जन्माएको छोरा दिउँसो ३ बजे तिर हराएको प्रहरीको भनाइ छ । जमुनाकी आमा शिशुलाई लिएर क्यान्टिनमा ज्वानोको झोल लिन जाँदा शिशु हराएको हो । जमुनाकी आमाले ज्वानो झोल लिएर फर्किने क्रममा एक अपरिचित महिलाले ‘म ल्याइदिन्छु, तपाईँ हिँड्नुस् भन्दै शिशु लिएको र त्यहीँबाट शिशु लिएर भागेको प्रहरीले जनाएको छ ।  लुम्बिनी मेडिकल कलेज बाटै हराएको नवजात शिशु अझै भेटिएन टीभीको फुटेजमा कुर्ता सुरुवाल लगाएकी, अगाडि शिशु र पछाडि झोला बोकेकी महिलाले शिशु बोकेर अस्पतालबाट बाहिरिएको भिडियो प्रहरीले फेला पारेको हो ।