पाल्पामा अस्पतालबाटै हराएको नवजात शिशु स्याङ्जामा भेटियो,

प्रकाशित मिति:

राधाकृष्ण डुम्रे/स्याङ्जा – पाल्पामा शुक्रबार अस्पतालबाटै हराएको नवजात शिशु स्याङ्जामा भेटिएको छ । पाल्पास्थित लुम्विनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु चोर्ने महिल्रहरीालाइ प्रहरीले स्याङ्जाबाट आज विहान १० वजे नियन्त्रणमा लिएको जनाएको छ । बच्चा चोरेर फरार रहेकी गल्याङ् नगरपालिका वडा नम्वर ५ मोहनडाँडाकी विमला पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । पाण्डे र शिशुलाई कालीगण्डकी गाउँपालिका वडा नम्वर ७ स्थीत नेपाल विद्युत प्राधिकरणको सरकारी आवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्राधिकरणमा नै ज्यालादारीमा काम गर्ने पाण्डेले शुक्रबार दिउशो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार भएकी थिईन ।
नियन्त्रणपछि नवजात शिशु र चोरी गर्ने पाण्डे दुबैलाइ पाल्पातर्फ लगिएको प्रहरीले जनाएको छ । ४ दिनदेखि सुत्केरी वार्डमा रहेकी पाण्डेले शु्क्रबार जमुनाकी आमालाइ सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन ।

त्यसबेलामा सुत्केरी जमुना अचेतजस्तै थिइन । लामो समयदेखि अस्पताल भित्र ती विमला पाण्डेलाइ बस्न दिनु शंकास्पद रहेको आफन्तको भनाइ छ ।प्रहरीले बच्चा हराउने बित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा खोजी गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटासहितको टोली महिला र बच्चा भएको कालिगण्डकी गाँउपालिकामा आईपुगेको थियो । पाण्डेले चोरेर स्याङ्जा ल्याएको नवजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।अन्दाजी ५० वर्षिया पाण्डेका यस अघि नै दुई छोरा र दुई छोरी रहेकाछन् भने श्रीमान् पहिले नै वितिसकेको वताईएको छ । श्रीमान्को निधन पछि घरायसी सम्वन्ध राम्रो नभएकी पाण्डेले वच्चा चोर्नुको कारण स्पष्ट भईनसकेको प्रहरीको भनाईछ । पाण्डेको स्वास्थ्यमा त्यस्तो कुनै मानसिक समस्या भएको नभेटिएको स्थानीय पत्रकार टिकाराम अधिकारीले जानकारी दिनुभयो ।