आप्रवासीलाई पक्राउ विरुद्ध अमेरिकामा प्रदर्शन

प्रकाशित मिति:

जाङ्बु शेर्पा अमेरिका । आइसिइले आइतबार देखि देशव्यापिरुपमा कागजपत्रविहिन आप्रावासीहरुलाई पक्राउ गर्ने बताए लगत्तै आइसिइको निर्णय विरुद्ध विभिन्न सहरमा अध्यागमन अधिकारकर्मीहरूको प्रदर्शन जारी छ । आप्रावासीकोहरुको बाक्लो वस्तीरहेको न्यु योर्क सहरका मेयर बिल दी व्लासिओले कागपत्रवीहिनमाथि धरपकड गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिले आम जनतामा भय र फुट पैदा गरेको बताए ।

ट्विटमार्फत जारी गरेको सन्देशमा मेयर व्लासिओले कुनै पनि वेला आइसिइ एजेण्टले सोधपुछ वा पक्राउ गर्न खोजेमा न्यु योर्क सिटीले त्यसको प्रतिरक्षा गर्ने वताउदै सर्वसाधारणलाई आफ्नो अधिकारको बारे जानकारी राख्न आग्रह गरेका छन् । यता म्यासेचुटेका सिनेटर एलिजाबेथ वारेनले भने कागजपत्रविहिनलाई पक्राउ गर्नु अघि आइसिइले हिरासतहरूको अवस्थाको बारे स्पष्ट जानकारी गराउनु पर्ने माग गरेकी छन् ।वारेनले अमेरिका मेक्सिको सिमानामा भएका डिटेन्सन सेन्टरहरूको स्थिति नाजुक रहेको उल्लेख गर्दे आफू राष्ट्रपति भए आइसिइको पुनःसंरचना गर्ने बताएकी छन् । ओकल्याण्ड मेयर लिवि साफले भने आफ्नो क्षेत्रभित्र आइसिइलाई छापा मार्न प्रतिबन्ध गर्ने चेतावनी दिँदै राष्ट्रपति आप्रवासीमाथि राजनैतिक प्रतिशोध साधेको बताइन । राष्ट्रपति ट्रम्पले भने ओकल्याण्ड मेयरको भनाइलाई अमर्यादित भनेर टिप्पणी गरेका छन् । आइसिले भने पक्राउ परेकाहरूलाई पेन्सलभेनिया र टेक्ससको पारिवारिक हिरासतमा पठाइने वताएपनि विकल्पको रूपमा अन्य स्थानको अवस्था पनि बुझिरहेको बताएको छ ।आइसिइले नामै किटान गर्दे विशेषतः १० सहरमा छापा मार्ने घोषणा गरिसकेको छ ।दुरविननेपाल डट कम वाट साभार