सरकार कहाँ चुक्दैछ ? ( सम्पादकीय )

प्रकाशित मिति:

गत बिहीबार प्रधानमन्त्री केपी ओली एकाएक भावुक बने । कारण थियो, परराष्ट्रले भारतीय दुतावासको पत्रको बारेमा जानकारी नै दिएन , जसको कारण उनले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी जाँच गर्न भारतको दवाव नआएको बताएका थिए । उनले झुट बोलेको भन्दै सप्रमाण समाचार बाहिरिए पछि उनी सबै तिर उनको आलोचना भएको थियो ।

पहिलो कुरा यति संवेदनशील कुरा उनलाई जानकारी नै नदिएको भन्ने कुरामा सत्यता हुन सक्दैन, किनकी भारतीयदुतावासको यो पत्र यत्तिकै बाहिरिन भन्दा पनि भारतमा विषादी चेकजाँच गर्ने कुराले बहस पाएपछि दुतावास ले कदम चालेको हो । ओली जस्तो कडा मिजासका कार्यकारीलाई फसाउने हिम्मत कसको रु दोस्रो मानौं उनले पत्र आएको थाहा पाएका थिएनन् तर उनले कसैबाट मौखिक दवाव थियो भनेर स्विकार्ने कि नस्वीकार्नेरु यसमा पनि सत्यता छैन भने सबै तिरबाट प्रसंसा पाएको आफ्नै मन्त्री परिषदको निर्णयलाई उल्टाउने गरि किन निर्णय परिवर्तन गरेर चेकजाँच बन्द गरियो । यो घटनामा कि अर्को बलियो कारण हुन सक्छ उनले कि त माफियाको दवाव थाम्न सकेनन् , भारतबाट खान योग्य नभएका तरकारी भित्राएर फाईदा उठाउने बिचौलियाले उनलाई गलाए । यि सबै हैन भने उनलाई किन नागरिकको स्वास्थ्य जस्तो संवेदनशील कुरामा लापरवाही गर्ने हिम्मत गरे रु पत्र आएको भन्ने कुरामा जानकारी नपाएको भन्ने कुरामा उनी झुट बोलेका हैनन्, झुट बनाईएको हो तर विषादी जाँचको निर्णय उल्ट्याउने प्रयास नागरिक माथिको झुट हो की हैन ?

सर्वोच्च अदालतले विषादी जाँच नरोक्न निर्देशन दिएको छ, जसले नागरिक प्रतिको संवेदनशीलतालाई राहत मिलेको छ तर हरेक कुरामा सर्वोच्चको आदेशले मात्र गाँठो फुकाउने हो भने कार्यपालिका र न्यायपालिकाको सम्बन्ध र क्षेत्राधिकारको कुरा कहाँ रहला रु त्यस भन्दा अझै बढि शंका दुई तिहाईको हैसियत र भूमिका के यही ढर्रामा रहला रु यस्तै भए यो बादलले पानी पार्दैन ।