जुठा भाँडा माझ्छन् संसारकै धनाढ्य बिल गेट्स

२८ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
79 Shares


एजेन्सी– सायद सबैलाई लाग्दो हो, धनाढ्यहरुको जीवन कति आलिशान र भव्य हुन्छ भनेर । धनाढ्यहरुसँग खर्च गर्न पर्याप्त पैसा हुन्छ, त्यसैले उनीहरु आफूले चाहेको सबै सामान किन्न सक्छन् र घरमा जोसुकैलाई काम लगाउन पनि सक्छन् । तर, उनीहरुको जीवन आरामसँग बित्छ भन्ने भ्रममा नपर्नुस् । संसारको सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा आउने अमेरिकी प्राविधिक कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सको जीवन भने अरुले सोचेको भन्दा फरक र निकै सरल छ ।

बिल गेट्को सम्पत्ति १ खर्ब अमेकिरी डलरभन्दा धेरै छ । यस्तोमा उनले आफ्नो जीवन आलिशान शैलीले बिताउने गरेको अरुलाई भ्रम पर्दै गएको हुनसक्छ । बिल गेट्सले सन् १९९४ मा माइक्रोसफ्टमा काम गर्ने मेलिण्डासँग विवाह गरेका थिए । उनीहरुको विवाह भएको २५ वर्षभन्दा धेरै भइसकेको छ । तर, विगत २५ वर्षदेखि यो जोडीले आफ्नो घरमा आफैं खाना बनाएर आफैं जुठा भाँडा समेत माझ्दै आएका छन् । धेरैलाई विश्वास नलाग्न सक्छ । तर यो वास्तविकता हो । उनीहरुले अरु सामान्य मानिसले जस्तै साधारण जीवन बिताइरहेका छन् । उनीहरु घरका अन्य काम पनि सँगै गर्न रुचाउँछन् । गेट्स दम्पत्ती घरायसी काम दुई जनाले बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या