दोभानमा पहिरो खस्दा मोटरसाइकलचालक तिनाउ नदीमा खसे

प्रकाशित मिति:

सबलपोष्ट । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडक खण्डमा माथिबाट पहिरो झर्दा एक मोटरसाइकल चालक सडकबाट तिनाउ नदीमा खसेका छन् । पाल्पाको तिनाउ गाउपालिका वडा नंं ३ हेडबक्स नजिकै यात्रा गर्दै गर्दा पहिरो झरेपछि लु ५० प ४६७२ नम्बरको डिस्कभर बाइकमा सवार पाल्पा मित्यालका ३१ बर्षिय धन बहादुर सुनारीको मृत्यु  भएको हो उनी  मोटरसाइकलसहित तिनाउ नदी किनारमा खसेका हुन् । । सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । घटना लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड पूर्णरुवमा अवरुद्ध रहेको छ ।