नेकपाको भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी नेकपाको भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । शुक्रबार बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिनुभयो । यसअघि एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु ९क्रान्तिकारी० नाम रहेका थिए ।

नेतृत्वमा अझै सहमति हुन सकेको छैन । नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि रञ्जीत तामाङ र ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन् ।