सुजता हत्या आरोमा पक्राउ परेका बालकलाई सुधार गृह पठाउन अदालतको आदेश

प्रकाशित मिति:

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका– ६ मा असार ३ गते भएको एनएमबि माइक्रो फाइनान्स गोपेटार साखामा कार्यरत सुजाता तामाङको हत्या आरोपी किशोरलाई बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको छ । हत्यामा संलग्न सोही स्थान बस्ने घनेन्द्र लाओती बालक भएकाले जिल्ला न्यायाधिश मनोज केसीको इजलासले बाल सुधार गृह पठाउन आदेश दिएको हो ।

हत्यामा संलग्न लाओतीले आफू १७ वर्ष मात्र पुगेको बयानको क्रममा बताएका थिए । उनको जन्मदर्ता प्रमाण–पत्र र उनले अध्ययन गरेको विद्यालयको प्रमाण–पत्र हेर्दा उनी १७ वर्ष सात महीना मात्र पुगेको देखिएको जिल्ला अदालतले जनाएको छ । बालबालिका सम्बन्धि ऐनको दफा २४ अनुसार उनलाई बाल सुधार गृह पठाउन अदालतले आदेश दिएको हो । लाओतीले इलाम माईजोगमाई–५, सोयाककी २१ बर्षिया तामाङको ३ असारमा जंगलबीचको बाटोमा घाटि रेटि हत्या गरेका थिए । हिलिहाङ ६ निवासी ती किशोर असार ५ गते हत्यामा प्रयोग भएको खुकुरी र लुटिएको ८१ हजार ७ सय नगद सहित घर नजिकैको जंगलबाट पक्राउ परेका थिए ।