प्राविधीक टोली आफै बाढीमा फसेपछी

प्रकाशित मिति:

जनकपुर– हुलाकी राजमार्ग अनुगमन गर्दै कमला नदी छेउ पुगेर बाढीको घेरामा थुनिएको इन्जिनियर यमुना यादवसहित ९ जनाको प्राविधिक टोलीलाई नेपाली सेनाले २४ घण्टापछि उद्धार गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार कमला नदीको पुल नजिक पुगेका उनीहरूलाई बाँध भत्काएर गाउँ पसेको बाढीले घेरामा पारेको थियो। उनीहरु नदीको बीच भागमा फसेका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार दिउँसो सिरहाको बसविटा ६ ९पूर्वपश्चिम राजमार्गको कमला नदीको पुलबाट २ सय मिटर उत्तरतर्फ कमला टापु भन्ने स्थान०मा भन्दै गरेको पक्की पुल अनुगमन गर्न जाँदा कमलामाई खोलामा फसेको इन्जिनियरसहित ९ जनाको टोलीलाई शनिबार साँझ ६ बजे उद्धार गरिएको हो।मध्यपूर्वी हेडक्वार्टरका पृतनापति उपरथी नरेशचन्द्र भट्टको कमाण्डमा खटिएको सेनाको ११ जनाको उद्धार टोलीले हेलिकप्टरमार्फत प्राविधिक टिमलाई सकुशल उद्धार गरेको निर्देशनालयले जनाएको छ  यसअघि उनीहरुलाई उद्धारका लागि इटहरीबाट दुईपटक हेलिकोप्टर उडान भए पनि प्रतिकूल मौसमका कारण सफल हुन नसकेको थिएन।