कहीलेकाही रुदा पनी फाईदा हुन्छ

प्रकाशित मिति:

कहिलेकाहीँ रुँदा तपाईंलाई आनन्द आउँछ रु विशेष गरी रुइँ सकेपछि मानिसहरुलाई मनमा आनन्द आउँछ । तर रुवाइका पनि विभिन्न पोटोहरु हुन्छन् । रुनु ठीक हो भन्नु हुन्छ भने यसबारे बुझिराखौँ । रुनु ठीक हो भन्नुका केही कारण छन् । हामीले तीन प्रकारका आँशु उत्पादन गर्दछौँ । रिफ्लेक्स ९प्रतिबिम्ब० आँशुले बिझाइरहेका वस्तु बाहिर निकाल्न सहयोग गर्छन् ।

आँखामै रहने तरल पदार्थ अर्थात आँशुले आँखा रसिलो राख्न सहयोग गर्छन् । तर रुवाइको आँशु तेस्रो प्रकारको हो । जसलाई भावनात्मक आँशु भनिन्छ । सबै आँशुमा एन्जाइम, प्राटिन र भावनात्मक आँशुका साथसाथै दुखाइ कम गर्ने इन्डोर्फिनजस्ता हर्मोनहरु पनि हुन्छन् । रुवाइले शरीरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्‍याउन सक्छ । रुवाईले मुटुको चाल सुस्त बनाइदिन्छ र तनाव उत्पन्न गर्ने हर्मोन समाप्त पारिदिन्छ ।तर सबै रुवाइ फाइदाकारी भने हुँदैन । जो आफु एक्लै रुन्छन् र रोएकोमा ग्लानी महसुस गर्छन् । उनीहरु रोएपछि झन नराम्रो महसुस भएको बताउने गर्छन् । तर जसले साथ पाएको महसुस गर्छन्, उनीहरु रोएपछि राम्रो महसुस गर्दछन् । किनभने मान्छेहरु सामाजिक प्राणी हुन् । र आँशुले हामीलाई सहयोग पुर्‍याउन सक्छ । हामीले कुनै कुराप्रति कति लगाव राख्छौँ भन्ने सन्देश पनि त्यसले दिनसक्छ । रुँदा मानिसबीचको घनिष्टता बढाउन मद्दत पुग्न सक्छ । तनाव र दुखाइ कम हुन सक्छ । त्यसका लागि तपाईंले रुनै पर्छ ।