सुनसरी । पूर्वी पहाडी क्षेत्रमा वर्षा निरन्तर भएसंगै सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव देखिएको छ । आइतबार बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ५२ हजार क्यूसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।
यो बहाव अहिलेसम्मकै उच्च हो । कोशी ब्यारेजमा रहेका सबै ढोकाहरु खोलिएको छ । ५६ ढोकामध्ये ५६ वटै ढोका खोलिएको हो । पानी पर्दै रोकिँदै भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ । बिहार पनि जलमग्न
भारतको बिहार पनि जलमग्न भएको छ । भारी वर्षासंगै सप्तकोशीका सबै ढोका खोलिँदा बाढीले गर्दा बिहार जलमग्न भएको हो । बिहार डुबेसंगै भारतीय सरकारले सप्तकोशीका ढोका बन्द गर्न नेपाल सरकारलाई दबाब दिएको बुझिएको छ ।