समाजवादीको प्रदेश समिति समायोजन, अध्यक्षमा यादव र मुख्य सचिवमा पोख्रेल

प्रकाशित मिति:

सबलपोष्ट । तत्कालीन संघीय समाजवादी फोरम र नयां शक्ति मिलेर बनेको समाजवादी पार्टी नेपालको प्रदेश समिति समायोजन भएको छ । पार्टीका केन्द्रीय पदाधिकारीसहित दुई दिनसम्म बुटवलमा बसेको बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

जस अनुसार समाजवादी पार्टी नेपालको प्रदेश ५ अध्यक्षमा अशोक यादव चयन भएका छन् । उनी तत्कालीन फोरमका पनि प्रदेश अध्यक्ष थिए । ९९ सदस्यीय प्रदेश समितिमा अध्यक्षसहित ५७ जना तत्कालीन फोरम र मुख्य सचिवसहित ४२ जना नयां शक्तिबाट रहने सहमति भएको छ । जसअनुसार मुख्य सचिवमा यज्ञ पोखरेल, पांचजना उपाध्यक्षहरुमा धनेश्वरी चौधरी,सन्तोष पाण्डे,विजय यादव,मोहम्मद रसिद खां,आश्मा बुढा मगर, सचिवहरुमा केशव नेपाली र टोपबहादुर बलाल तथा कोषाध्यक्षमा अम्बिका काफ्ले चयन भएका छन् । उपाध्यक्षहरु पाण्डे र यादव प्रदेशसभा सदस्य समेत छन् । तीनमध्ये एकजना सचिवमा सहमति जुटाउन बांकी रहेको छ । प्रदेश सदस्यहरुको टुंगो पनि एक हप्ताभित्रै लाग्ने पार्टीका मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए ।