बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग एकतर्फि खुल्यो

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल- शनिबार दिउसो ३ बजेदेखि अवरुद्ध बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग एकतर्फि संचालनमा आएको छ । शनिबार दिउसो ३ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरो खस्दा एक मोटरसाइकल र त्यसका चालकलाई पहिरोले बगाएको थियो । राजमार्ग अन्तगर्त पाल्पाको तिनाउ गाउ“पालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले बगाएर निस्दी गाउपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको छ । लु ५० प ४६७१ नम्बरको मोटरसाईकलमा बुटवलबाट पाल्पाको निस्दी फर्किदै गरेका सुनारीलाई ढुंगा सहितको सुख्खा पहिरोले बगाउदा उनको मृत्‍यु समेत भएको थियो ।