जङ्गली च्याउ खाएर सिकिस्त बिरामी बालकको मृत्यु

२९ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
124 Shares


म्याग्दी-म्याग्दीमा जङ्गली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।वनबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि परिवारका छ बिरामी भएका थिए ।

विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले जानकारी दिनुभयो ।विद्यालयमा कक्षा–५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो । उपचार गरिरहेका अन्य बिरामीको अवस्था सुधारोन्मुख छ । थोरै खानेलाई समान्य असर देखिए पनि तीनै जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाइ उद्धृत गर्दै राम्जालीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • नसर्ने रोगकै कारण जान्छ ६६ प्रतिशत नेपालीको ज्यान
  • सिरहाको कमला नदिमा हत्या गरी फरार प्रतिबादी पक्राउ
  • सिता माविमा विद्यार्थीहरुको स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न
  • ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीको माग
  • बुटवल बहुमुखी क्याम्पसमा रक्तदान सम्पन्न
  • बलियो कानून नहुँदा उपभोत्ताको हित संरक्षण हुन नसकेको बक्ताहरुको भनाई
  • पुर्वअर्थमन्त्री पौडेलद्वारा विभिन्न आयोजनाको निरीक्षण
  • लियो क्लव अफ बुटवलको ३४ औं चार्टरनाईट कार्यक्रम सम्पन्न
  • अन्तर मण्डली ब्याडमिन्टन प्रतियोगीता सम्पन्न
  • मानव बेचबिखन विकृति विसंगति बिरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न